दफा १७५
धर्मपुत्र वा धर्मपुत्री राख्दा सहमति लिनु पर्ने

(१) कसैले कुनै बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्दा त्यस्तो बालबालिकाका बाबु र आमा दुवै जीवित भए दुवैजनाको र बावु र आमामध्ये कुनै एक मात्र जीवित भए जीवित बाबु वा आमाको लिखित सहमति लिनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पति र पत्नी बीच वैवाहिक सम्बन्ध अन्त्य भई वा न्यायिक पृथकीकरणभएको कारणबाट बावु र आमा अलग भएकोमा त्यसरी सम्बन्ध अन्त्य हुँदा वा न्यायिक पृथकीकरण हुँदा भएको सहमति बमोजिमत्यस्तो बाबु वा आमासँग बसेका बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्दा त्यस्तो बालबालिका बाबु वा आमामध्येजोसँग निज बसेको छ सोही बाबु वा आमाको सहमति लिनुपर्नेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बाबु आमा पत्ता नलागेको, जीवित नभएको वा बाबु आमा जीवित भए पनि बाबुवा आमाले अर्को विवाह गरी त्यस्तो बालबालिकालाई अन्य कुनै व्यक्ति वा संस्थाले पालनपोषण वा हेरविचार गरेको रहेछभने यसरी पालनपोषण वा हेरविचार गर्ने व्यक्ति वा संस्थाको लिखित सहमति लिई त्यस्ता बालबालिकालाई धर्मपुत्र वाधर्मपुत्री राख्न सकिनेछ ।
(४) उपदफा (१), (२) वा (३) बमोजिम दश वर्ष नाघेका बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्दा निजको समेत लिखितसहमति लिनु पर्नेछ ।
(५) उपदफा (४) बमोजिमको लिखित सहमति सम्बन्धित बालबालिकाले आफ्नो बाबु आमा वा मातृक तथा पैत्रिक अख्तियारी प्रयोगगर्ने संरक्षक वा माथवरको रोहवरमा गर्नु पर्नेछ ।
(६) यस दफा बमोजिम सहमति लिनु अघि धर्मपुत्र वा धर्मपुत्री दिने व्यक्ति, संरक्षक वा माथवर तथा बालबालिकालाईधर्मपुत्र वा धर्मपुत्रीको अर्थ, कानूनी हैसियत र त्यसको परिणाम समेतको विषयमा जानकारी गराउनु पर्नेछ ।
(७) यस दफा बमोजिम सहमति लिँदा कुनै किसिमको आर्थिक प्रलोभनमा पार्नु हुँदैन र त्यस्तो सहमति स्वेच्छाले दिएको हुनुपर्नेछ ।