दफा १७७
धर्मपुत्र वा धर्मपुत्री राख्दाको कार्यविधि

(१) कसैले कुनेै बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्न चाहेमा कानूनको रीत पु¥याई धर्मपुत्र वाधर्मपुत्रीको लिखत सहित सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम प्राप्त भएको धर्मपुत्र वा धर्मपुत्रीको लिखत जाँचबुझ गर्दा निवेदकलाई धर्मपुत्र वा धर्मपुत्रीराख्न दिन हुने देखेमा सम्बन्धित अदालतले धर्मपुत्र वा धर्मपुत्री राख्ने आदेश दिई त्यस्तो लिखत प्रमाणीकरणगर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम जाँचबुझ गर्दा निवेदकलाई धर्मपुत्र वा धर्मपुत्री राख्न दिन नहुने देखेमा अदालतले सोहीबमोजिमको आदेश गरी निवेदकलाई त्यसको जानकारी दिनु पर्नेछ ।