दफा १९२
धर्मपुत्र वा धर्मपुत्री लिन सक्ने विदेशी

(१) देहायका कुनै विदेशीलाई नेपाली नागरिक वा नेपालमा बसोबास गरेको विदेशीको कुनै बालबालिका धर्मपुत्र वाधर्मपुत्रीको रूपमा ग्रहण गर्न अनुमति दिन सकिनेछ :–
(क) विवाह भएको दश वर्षसम्म पनि छोरा वा छोरी नहुने दम्पति,
(ख) पैँतालीस वर्ष उमेर पूरा भई पचपन्न वर्ष उमेर ननाघेकी अविवाहित, विधवा, सम्बन्ध विच्छेद वा न्यायिकपृथकीकरण गरी बसेकी छोरा वा छोरी नहुने महिला,
(ग) पैँतालीस वर्ष उमेर पूरा भई पचपन्न वर्ष उमेर ननाघेको अविवाहित, विधुर, सम्बन्ध विच्छेद वा न्यायिकपृथकीकरण गरी बसेको छोरा वा छोरी नहुने पुरुष ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कुनै विदेशीलाई धर्मपुत्र वा धर्मपुत्री राख्न अनुमति दिनसकिने छैन :–
(क) होस ठेगानमा नभएको,
(ख) नैतिक पतन देखिने फौजदारी अभियोगमा नेपाल वा सम्बन्धित मुलुकको अदालतबाट कसूरदार ठहरिएको ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै विदेशी मुलुकको कानूनमा त्यस्तो देशको नागरिकले एकभन्दा बढीबालबालिका धर्मपुत्र वा धर्मपुत्री राख्न सक्ने व्यवस्था भएकोमा निजले छोरा छोरी भए तापनि धर्मपुत्र वाधर्मपुत्री राख्न सक्नेछ ।
(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाली नागरिकलाई धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्न निषेधगरेको वा धर्मपुत्र वा धर्मपुत्रीको हक र प्राकृतिक रूपमा जन्मेका छोरा छोरीको अधिकारमा विभेद भएको मुलुककोव्यक्तिले नेपालबाट धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्न सक्ने छैन ।