दफा ५८५
धितो वा धरौट सम्बन्धी करार भएको मानिनेः

(१) कुनै व्यक्तिले कसैलाई ऋण दिँदा त्यस्तो ऋणको सुरक्षण वापत धितो लिएकोमा धितो सम्बन्धी करार र कसैले कुनै व्यक्तिलाई कुनै काम गराउँदा त्यस्तो काम पूरा गर्ने जमानतका लागि कुनै वस्तु धरौट लिएकोमा धरौट सम्बन्धी करार भएको मानिनेछ ।स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनको लागि “वस्तु” भन्नाले कुनै सम्पत्ति तथा त्यस्तो सम्पत्तिमा रहेको हक वा हक कायम गर्ने कुनै लिखत समेत सम्झनु पर्छ ।
(२) कुनै ऋण दिँदा धितो लिइएको भए त्यस्तो ऋण र त्यसको ब्याज र कुनै काम पूरा गर्न धरौट लिएको भए त्यस्तो कामसँग सम्बन्धित अन्य खर्च तथा धितो वा धरौट दिइएको वस्तु हेरचाह गर्नमा लागेको खर्च समेतको लागि उपदफा (१) बमोजिम धितो वा धरौट सम्बन्धी करार गर्न सकिनेछ ।