दफा १२१
नाबालक राख्ने बाबु, आमाको निर्णय बमोजिम हुने

यस संहिता बमोजिम वैवाहिक सम्बन्ध कायम हुन नसक्ने वा वैवाहिक सम्बन्ध अन्त्य भएका बाबु आमाबाट जन्मिएका नाबालकको हकहितकासम्बन्धमा कुनै निर्णय गर्नु पर्ने विषयमा बाबु, आमा बीच विवाद उत्पन्न भएमा त्यस्तो नाबालक बाबु, आमामध्ये जोसँगबसेको छ निजले निर्णय गरे बमोजिम हुनेछ ।