दफा २९७
नामसारी दाखिल खारेज गर्नु पर्ने

(१) कुनै जग्गाको दर्तावाला मरी आफ्नो नाउंँमा जग्गा नामसारी गर्नु परेमा वा कुनै जग्गा कुनै व्यहोराले आफ्नो हक हुन आई दाखिल खारेज गर्नु परेमा सम्बन्धित व्यक्तिले त्यस्तो काम भएको पैँतीस दिनभित्र मालपोत कार्यालयमा निवेदन दिई नामसारी, दाखिल खारेज गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको म्याद नाघेपछि कुनै व्यक्तिले नामसारी, दाखिल खारेजको लागि निवेदन दिएमा मालपोत कार्यालयले जतिसुकै अवधि व्यतित भए तापनि एकसय रुपैयाँ दस्तुर लिई त्यस्तो जग्गा निवेदकको नाममा नामसारी, दाखिल खारेज गरिदिनु पर्नेछ ।