दफा ३७७
निकास मार्ग प्रयोग गर्न पाउने

(१) कुनै नदी वा खोलालाई डाइभर्सन गरेको, त्यसमा रिजर्भभ्वायरको निर्माण गरेको वा त्यसमा कुनै कारणले बाँध बाधेकोमा त्यस्तो डाइभर्सन, रिजर्भभ्यायर वा बाँधसम्म जान आउनको लागि सर्वसाधारण मानिस र पशु हिड्न सक्ने मनासिब निकास सम्बन्धित जग्गाको स्वामित्ववालाले दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको निकास मार्ग कायम गर्नु पर्दा एकभन्दा बढी जग्गाको स्वामित्ववालाको जग्गाबाट त्यस्तो निकास मार्ग कायम गर्न सकिने अवस्था भएकोमा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यस्तो मार्गबाट डाइभर्सन, रिजर्भभ्वायर वा बाँधसम्म पुग्न प्राविधिक दृष्टिकोणले सम्भाव्य भएको सबभन्दा नजिकको जग्गाबाट निकास मार्ग कायम गर्नु पर्नेछ ।