नियम ३५
नेपाल वन निगम लिमिटेडलाई काठ, दाउरा उपलब्ध गराउने
(१) डिभिजनल वन अधिकृतले नेपाल वन निगम लिमिटेडलाई सहरी क्षेत्रमा काठ, (दाउरा आपूर्ति गर्ने प्रयोजनको लागि सरकारद्वारा व्यवस्थित वनको कुनै भागलाई प्लट कायम गरी काठ, दाउरा सङ्कलन गगर्न दिनु पर्नेछ।

(२) यस नियमावली बमोजिम राष्ट्रिय वनबाट डिभिजन वन कार्यालयलाई प्राप्त हुने काठ, दाउराको बढीमा पच्चीस प्रतिशत काठ, दाउरा सहरी क्षेत्रमा काठ, दाउरा आपूर्ति गर्ने प्रयोजनको-लागि डिभिजनल वन अधिकृतले नेपाल वन निगम लिमिटेडलाई उपलब्ध गराउन सक्नेछ।

(३) उपनियम (१) र (२) बमोजिम डिभिजनल वन अधिकृतले नेपाल वन निगम लिमिटेडलाई काठ, दाउरा उपलब्ध गराउँदा अनुसूची-६ मा उल्लिखित मूल्य लिई उपलव्ध गराउनु पर्नेछ। (४) उपभोक्ता समूहले व्यावसायिक प्रयोजनका लागि समूह बाहिर बिक्री गर्ने काठ, दाउरा मध्ये नियम: २२ को उपनियम (४) बमोजिम जिल्ला वन पैदावार आपूर्ति समितिलाई उपलब्ध गराउनु पर्ने काठ, दाउरा छुट्याइ बाँकी रहेको काठ, दाउरा अनुसूची-६ बमोजिमको मूल्यलाई न्यूनतम मूल्य मानी सोमा सङ्कलन खर्च समेत जोडी हुन आउने रकम लिई आपसी समझदारीको आधारमा नेपाल वन निगम: लिमिटेडलाई उपलब्ध गराउन सक्नेछ।

(५) यस नियम बमोजिम नेपाल वन निगम लिमिटेडले प्राप्त गरेको काठ चिरान वा प्रशोधन गरेर मात्र बिक्री गर्नु पर्नेछ।