दफा ६९९
नेपाली नागरिकले विदेशमा विवाह गर्दा नेपाल कानून पालना गर्नु पर्नेः

(१) नेपाली नागरिकले विदेशी मुलुकमा विवाह गर्दा नेपाल कानून बमोजिम निर्धारित सक्षमता, योग्यता र शर्त पूरागर्नुपर्नेछ ।
(२) नेपाली नागरिकले विदेशमा विवाह गर्दा पूरा गर्नु पर्ने औपचारिकता विवाह गरेको मुलुकको कानून बमोजिम हुनेछ।तरविदेश स्थित नेपाली राजदूताबास वा महावाणिज्य दूताबासमा विवाह गर्दा नेपाल कानून बमोजिमको औपचारिकता पनिपूरागर्नु पर्नेछ ।
(३) उपदफा (१) र (२) को प्रतिकूल हुने गरी भएको विवाहले नेपालभित्र मान्यता पाउने छैन ।