दफा ५०७
पक्षहरू स्वायत्त हुने

यस संहिताको अधीनमा रही करारको स्वरूप वा विषयवस्तु छनौट गर्न, करारका शर्त तथा करार उल्लङ्घन भए वापत उपचारको प्रकृति निर्धारण गर्न र करार बमोजिमको विवाद समाधान गर्ने उपाय निश्चित गर्न करारका पक्षहरू स्वायत्त हुने छन्।