दफा ५९८
प्रतिनिधिलाई हटाउन नहुनेः

(१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक कुनै निश्चित समय वा कामको लागि प्रतिनिधि नियुक्त गरिएकोमा उचित र पर्याप्त कारण नभई मुख्य व्यक्तिले त्यस्तो समयभन्दा पहिले वा काम सम्पन्न नभई प्रतिनिधिलाई हटाउन हुँदैन ।
(२) निश्चित समय वा काम नतोकी नियुक्त गरिएको प्रतिनिधिलाई उचित कारण सहितको पूर्व सूचना नदिई हटाउनु हुँदैन ।
(३) उपदफा (१) वा (२) विपरीत हुने गरी मुख्य व्यक्तिले कुनै प्रतिनिधिलाई हटाएमा त्यस्तो प्रतिनिधिलाई निजले मनासिब क्षतिपूर्ति दिनु पर्नेछ ।