दफा ४९७
प्रत्येक व्यक्तिले दायित्व पूरा गर्नु पर्ने

(१) एकभन्दा बढी व्यक्तिले कुनै दायित्व लिएको वा निजको हकमा त्यस्तो दायित्व सृजना भएको भएमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक प्रत्येक व्यक्तिले समान रूपमा त्यस्तो दायित्व पूरा गर्नु पर्नेछ ।
(२) कुनै व्यक्तिले एकभन्दा बढी व्यक्ति प्रति दायित्व पूरा गर्नु पर्ने भएमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक निजले प्रत्येक व्यक्ति प्रति समान रूपले दायित्व पूरा गर्नु पर्नेछ ।