दफा ३६०
फलोपभोग अन्तर्गत प्राप्त सम्पत्तिको हानि, नोक्सानी गर्न नहुने

(१) फलोपभोगीले फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्तिको हानि, नोक्सानी गर्न वा गराउनु हुँदैन ।
(२) फलोपभोगी वा दफा ३५८ बमोजिम बहाल, लिज वा बन्धकीमा लिने व्यक्तिले त्यस्तो सम्पत्ति प्रयोग गर्दा कुनै किसिमबाट हानि, नोक्सानी भएमा फलोपभोगी जिम्मेवार हुनेछ । तर विपद् परी त्यस्तो सम्पत्ति हानि, नोक्सानी भएकोमा फलोपभोगी जिम्मेवार हुने छैन ।
(३) उपदफा (२) बमोजिम सम्पत्ति प्रयोग गर्दा हुन सक्ने हानि, नोक्सानीका विरुद्ध फलोपभोगीले फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्तिको संरक्षणको लागि बीमा वा अन्य आवश्यकं सुरक्षात्मक उपाय अपनाउन सक्नेछ ।