दफा ३५८
फलोपभोग अन्तर्गतको सम्पत्ति बहाल, लिज वा बन्धकीमा दिन सक्ने

(१) फलोपभोगीले चाहेमा फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति दफा ३५२ को उपदफा (२) बमोजिमको करारको अधीनमा रही लिखत गरी बहाल, लिज वा बन्धकीमा दिन सक्नेछ ।तर,
(१) मासिक बीस हजार रुपैयाँसम्ममा सम्पत्ति बहालमा दिँदा लिखत गर्नु पर्ने छैन ।
(२) त्यसरी बहाल, लिज वा बन्धकीमा सम्पत्ति दिएकोमा फलोपभोगीले स्वामित्ववालालाई जानकारी गराउनुपर्नेछ ।
(३) फलोपभोग अन्तर्गत प्राप्त सम्पत्ति फलोपभोग कायम रहनेभन्दा बढी अवधिको लागि बहाल, लिज वा बन्धकीमा दिन सकिने छैन ।
(२) फलोपभोगीले फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति बहाल, लिज वा बन्धकीमा दिँदा त्यस सम्बन्धी लिखतमा फलोपभोग अन्तर्गतको सम्पत्ति भएको कुरा उल्लेख गर्नु पर्नेछ ।
(३) उपदफा (१) र (२) विपरीत कसैले फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति बहाल, लिज वा बन्धकीमा दिएको भए त्यस्तो व्यवहार स्वतः बदर हुनेछ ।
(४) उपदफा (१) बमोजिम बहाल, लिज वा बन्धकीमा लिएको सम्पत्ति बहाल, लिज वा बन्धकी लिने व्यक्तिले फलोपभोगीले सरह प्रयोग गर्न सक्नेछ ।