दफा ३६५
फलोपभोगीले सम्पत्ति फिर्ता गर्न सक्ने

दफा ३६३ र ३६४ मा जुनसुकै कुरा लेखिएको भए तापनि फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति फलोपभोगीले प्रयोग गर्न नचाहेमा निजले जुनसुकै बखत त्यस्तो सम्पत्ति कम्तीमा पैँतालीस दिनको सूचना दिई स्वामित्ववालालाई फिर्ता गर्न सक्नेछ ।