दफा २२५
फाँटवारी ल्याएका बखत अंशबण्डा गरी दिने

(१) सम्पत्तिको फाँटवारी दिनु पर्ने व्यक्तिले फाँटबारी नदिएमा वा निजले प्रतिउत्तर पेश नगरी म्याद गुजारी बसेमा रअंश पाउँ भन्नेले समेत सम्पत्तिको फाँटवारी दिन नसकेमा अदालतले सोही कुरा खुलाई नालिस गर्नेको कागज गरी पछिफाँटबारी दिएका बखत अंशबण्डा हुने गरी मुद्दा तामेलीमा राख्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिम मुद्दा तामेलीमा रहेकोमा नालिस गर्नेले पछि फाँटबारी साथ निवेदन गरेमा अदालतले अघिको मिसिलबाटैकानून बमोजिम अंशियार बीच अंशबण्डा गरिदिनु पर्नेछ ।