नियम १३
बढुवाको आधार
: (१) बढुवा समितिले बढुवाको सिफारिसको लागि कार्यक्षमता वापत देहाय बमोजिम बढीमा एकसय अड्ढ दिनेछः–
(क) कार्यसम्पादन मूल्याड्ढन बापत ४०
(ख) ज्येष्ठता बापत २५
(ग) भौगोलिक क्षेत्रमा काम गरेको अनुभव बापत ८
(घ) शैक्षिक योग्यता बापत १०
(ङ) विभूषण (मानपदवी, अलंकार तथा पदक) बापत २
(च) तालीम बापत ७.५
(छ) बढुवा समितिले दिने अड्ढ ७.५
(२) उपनियम (१) को खण्ड (क) बमोजिम कार्य सम्पादन मूल्याड्ढन वापत अड्ढ गणना गर्दा विज्ञापन भएको अघिल्लो असार मसान्त सम्मको हिसाबले र अन्य अड्ढ गणना गर्दा बढुवाको दरखास्त दिने अन्तिम म्यादसम्म हासिल गरेको अड्ढ गणना गरिनेछ ।
(३) प्रहरी कर्मचारीको कार्यक्षमताको मूल्याड्ढन गरी सबैभन्दा बढी अड्ढ प्राप्त गर्ने प्रहरी कर्मचारीलाई सबैभन्दा पहिले बढुवा गरिनेछ ।
(४) उपनियम (३) बमोजिम बढुवा गर्दा कार्यक्षमताको मूल्याड्ढन समान अड्ढ प्राप्त गर्ने प्रहरी कर्मचारीको हकमा जेष्ठताको आधारमा बढुवा गरिनेछ र त्यस्ता प्रहरी कर्मचारीको जेष्ठता निर्धारण गर्दा देहायको आधारमा गरिनेछ :
(क) हाल बहाल रहेको श्रेणीको पदमा नियुक्ति वा बढुवाको निर्णय भएको मितिको आधारमा,
(ख) खण्ड (क) बमोजिम जेष्ठता नछुट्टिएमा सोभन्दा एक तह मुनिको श्रेणीमा नियुक्ति वा बढुवाको निर्णय भएको मितिको आधारमा ।
(५) बढुवा समितिले बढुवाको लागि सिफारिस गरेको प्रहरी कर्मचारीको नामावली र निजले प्राप्त गरेको कुल प्राप्ताड्ढ सहितको सिफारिसको सूचना सार्वजनिक रुपमा प्रकाशन गर्नु पर्नेछ ।