दफा ४३५
बन्धकीमा दिएको मानिने

(१) साहूसँग ऋण लिए वापत कसैले आफ्नो हक, स्वामित्व वा भोगको अचल सम्पत्ति वा त्यसको कुनै अंश लिखत भएको मिति वा निश्चित समयावधि पश्चात् भोग गर्न पाउने गरी साहूलाई भोग गर्न दिएकोमा त्यस्तो सम्पत्ति बन्धकीमा दिएको मानिनेछ ।
(२) उपदफा (१) बमोजिम बन्धकीमा दिएको सम्पत्ति साहूले ऋण दिँदाकै बखत वा कुनै निश्चित समयावधि पछि भोग गर्न पाउने व्यवस्था भएकोमा भोगबन्धकी र ऋण चुक्ता गर्न साहू असामीले निर्धारण गरेको भाखाभित्र असामीले ऋण चुक्ता नगरेको अवस्थामा भोग गर्न पाउने व्यवस्था भएकोमा दृष्टिबन्धकी दिएको मानिनेछ ।
(३) बन्धकीमा दिने सम्पत्ति बन्धकी लिने व्यक्तिले भोगचलन गर्न सकिने प्रकृतिको हुनु पर्नेछ ।
(४) आफ्नो हक, स्वामित्व वा भोगाधिकारमा नरहेको वा भविष्यमा प्राप्त हुने सम्पत्ति बन्धकीको रूपमा दिन सकिने छैन ।