दफा ७०५
बसोबास रहेको मुलुकको कानून बमोजिम निर्धारण हुनेः

(१) मानो छुट्टिएको विषय नियमन गर्नु पर्दा विवाहित दम्पति सामान्य रूपमा बसोबास गरेको मुलुकको कानून बमोजिमनियमनहुनेछ ।
(२) उपदफा (१) बमोजिम नियमन गर्दा दम्पतिहरूको सामान्य रूपमा बसोबास गरेको मुलुक फरक फरक भएमा निजहरू अन्तिम पटकसामान्य रूपमा बसोबास गरेको मुलुकको कानून बमोजिम र त्यस्तो मुलुक पनि यकिन हुन नसकेमा जुन मुलुकको अदालतमामानोचामलको मुद्दा रहेको छ, सोही मुलुकको कानून बमोजिम नियमन हुनेछ ।