दफा ३८६
बहालमा दिँदा सम्झौता गर्नु पर्ने

(१) कुनै व्यक्तिले घर बहालमा दिँदा देहायका कुराहरू खुलाई बहालमा लिने व्यक्तिसँग लिखितसम्झौता गर्नु पर्नेछ :-
(क) घर बहाल लिने र दिने व्यक्तिको पूरा नाम र ठेगाना, नागरिकता नम्बर र विदेशी भएराहदानी वा परिचय खुल्ने प्रमाणपत्र,
(ख) घर रहेको ठाउँ र जग्गाको कित्ता नम्बर,
(ग) बहालमा लिने प्रयोजन,
(घ) बहाल शुरु हुने मिति,
(ङ) बहाल कायम रहने अवधि,
(च) मासिक बहाल रकम,
(छ) बहाल बुझाउने समय र प्रक्रिया,
(ज) घरमा प्रयोग भएका विजुली, खानेपानी, टेलिफोन आदिको महसुल बुझाउने दायित्व,
(झ) घर बहाल कर भुक्तानी गर्ने कुरा,
(ञ) बहालमा लिएको घरको बीमा गर्नु पर्ने भए सो सम्बन्धी कुरा,
(ट) बहालमा लिएको घर छाड्ने तथा बहालमा बसेको व्यक्तिलाई हटाउने सम्बन्धी कुरा,
(ठ) बहालमा लिएको घर अन्य व्यक्तिलाई बहालमा दिन पाउने वा नपाउने कुरा, र
(ड) अन्य आवश्यक कुराहरू ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मासिक बीस हजार रूपैयाँसम्मको घर बहालमालिनदिन बहाल लिने व्यक्तिसँग लिखित सम्झौता गर्नु पर्ने छैन ।
(३) उपदफा (१) बमोजिमको सम्झौताको लिखतमा बहाल बस्ने व्यक्तिको फोटो समेत टाँस गर्नु पर्नेछ।
(४) उपदफा (१) बमोजिमको सम्झौताको लिखतमा बहालमा लिने दिने व्यक्ति र दुवै पक्षका कम्तीमादुई जना साक्षीको सहीछाप गरी त्यस्तो लिखतको एक एक प्रति बहालमा लिने दिने व्यक्तिले लिनुपर्नेछ ।
(५) उपदफा (४) बमोजिमको प्रक्रिया पूरा गरेपछि बहाल सम्बन्धमा घरधनी र बहालमा लिनेव्यक्तिबीच सम्झौता भएको मानिनेछ ।