दफा ५५९
बिक्री गरिएको वस्तु सम्बन्धी कागजात बुझाउनु पर्ने

करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक कुनै वस्तु बिक्री गर्दा त्यस वस्तुको स्वामित्वसँग सम्बन्धित वा त्यस्तो वस्तुको उपयोगमा आधारभूत रूपमा आवश्यक पर्ने कागजात समेत नबुझाई वस्तु बुझाएमा स्वामित्व हस्तान्तरण भएको मानिने छैन ।