दफा ४४१
ब्याज, शुल्क वा दस्तुर लिन नपाउने

(१) यस संहितामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि साहूले कुनै सम्पत्ति भोग बन्धकी लिई ऋण दिएकोमा त्यस्तो ऋण वापत ऋणीसँग कुनै किसिमको ब्याज, दस्तुर वा शुल्क लिन पाउने छैन ।
(२) दृष्टिबन्धकी लिएको सम्पत्तिमा साहूको भोग कायम भएपछि साहूले त्यस्तो ऋण वापत कुनै किसिमको ब्याज, दस्तुर वा शुल्क लिन पाउने छैन ।