दफा ४८०
ब्याजको ब्याज नपाउने

(१) साहूले ऋणीबाट ब्याजको ब्याज लिन पाउने छैन ।
(२) उपदफा (१) विपरीत कुनै साहूले ऋणीबाट ब्याजको ब्याज लिएको रहेछ भने साँवामा कट्टी हुनेछ र साँवा चुक्ता भईसकेको रहेछ भने त्यस्तो ब्याज फिर्ता गर्नु पर्नेछ ।