दफा ६६९
भुक्तान गर्नु पर्ने कर अर्कोले भुक्तान गरेमा शोधभर्ना दाबी गर्न सक्नेः

कुनै व्यक्तिले भुक्तान गर्नु पर्ने कर अर्को व्यक्तिले भुक्तान गरेमा त्यस्तो कर भुक्तानी गर्नु पर्ने कर्तव्य भएको व्यक्तिबाट शोधभर्ना दाबी गर्न सक्नेछ ।

स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनका लागि “कर” भन्नाले कुनै पनि किसिमको सरकारी शुल्क, दस्तुर, महसुल, जरिबाना सम्झनु पर्छ र सो शब्दले स्थानीय कर समेतलाई जनाउँछ ।