दफा २७२
भोगाधिकार समाप्त हुने अवस्था
देहायका कुनै अवस्थामा कुनै व्यक्तिको सम्पत्ति माथि रहेको भोगाधिकार अन्त्य भएको मानिनेछः–
(क) निजले सम्पत्ति परित्याग गरेमा,
(ख) निजले सम्पत्ति हस्तान्तरण गरेमा,
(ग) कुनै सम्पत्ति पूर्णरूपमा नष्ट वा बेकम्मा भएमा ।