दफा १३३
मातृक तथा पैत्रिक अख्तियारी अन्त्य हुने
देहायका अवस्थामा छोरा छोरी उपर यस परिच्छेद बमोजिम आमा बाबुले प्रयोग गर्न पाउने मातृक तथा पैत्रिक अख्तियारी अन्त्य भएको मानिनेछ :–
(क) निजको उमेर अठार वर्ष पूरा भएमा,
(ख) निजले रोजगारी प्राप्त गरी भिन्न बसेमा । तर कुनै छोरा छोरी शारीरिक वा मानसिक रूपले अशक्त भएकोमा निजले विवाह गरी भिन्न बसेको अवस्थामा बाहेक निज उपरको मातृक तथा पैत्रिक अख्तियारी अन्त्य हुने छैन ।