दफा २०२
मुद्दा दायर गर्न सक्ने

धर्मपुत्र वा धर्मपुत्री भएको नाबालकलाई उचित पालनपोषण, स्वास्थ्य, शिक्षा तथा हेरचाहको व्यवस्था नगरेको आधारमाधर्मपुत्र वा धर्मपुत्री हुने नाबालकले बालिग भएको मितिले र धर्मपुत्र वा धर्मपुत्री रहेको देशमा रहेको नेपालीराजदुतावास वा वाणिज्य दुतावास वा नेपाल सरकारको अनुरोधमा सम्बन्धित देशको धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी कामगर्ने निकायले धर्मपुत्र वा धर्मपुत्री राख्नेबाट त्यस्तो व्यवस्था नगरेको मितिले एक वर्षभित्र सम्बन्धित देशकोअदालतमा धर्मपुत्र वा धर्मपुत्री बदर गराउन मुद्दा दायर गर्न सक्नेछ ।