दफा ६९६
मृतकको अपुताली निर्धारणः

(१) नेपालमा कुनै विदेशी व्यक्तिको मुत्यु भएको कारणले अपुताली खुला भई नेपालमा रहेको निजको सम्पत्तिको हकवाला रत्यसको प्राथमिकताक्रम निर्धारण गर्नु पर्दा त्यस्तो व्यक्ति मृत्यु हुँदाका बखत निजको नागरिकता कायम रहेकोमुलुकको कानून बमोजिम निर्धारण गरिनेछ ।
(२) उपदफा (१) बमोजिमको कानून यकिन हुन नसकेमा निजको मृत्यु हुँदाका बखत कायम रहेको निजको सामान्य बसोबास रहेकोमुलुकको कानून बमोजिम र त्यस्तो मुलक पनि यकिन हुन नसकेमा नेपाल कानून बमोजिम निर्धारण गरिनेछ ।