दफा ४८३
रकम भराएको मितिसम्मको ब्याज पाउने

यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा ४८४ को अवधिभित्र नालिस गरेको रहेछ भने अदालतबाट साहूले ब्याज समेत पाउने गरी फैसला भएकोमा साहूले ऋणीबाट फैसला बमोजिम भरिभराउँदाको मितिसम्मको ब्याज समेत पाउनेछ ।