दफा ६१७
लिज करार बहाल रहने अवधि

(१) देहायको वस्तुको सम्बन्धमा भएको लिज करार देहायको अवधिभन्दा बढी बहाल रहन सक्ने छैन:-
(क) घर निर्माण गर्न लिइएको घरजग्गा वा घर निर्माण भई भोगचलनमा रहेको घरजग्गा भए पैंतीस वर्ष,
(ख) सुविधाभार (सर्भिच्यूडस्) को प्रयोजनको लागि लिइएको जग्गा भए पैँतीस वर्ष,
(ग) औद्योगिक संरचना वा सडक, नहर, विद्युत् उत्पादन जस्ता पूर्वाधार संरचना निर्माण, विकास तथा सञ्चालनकालागि लिइएको जग्गा भए चालीस वर्ष,
(घ) खेती गर्ने जग्गा भए बीस वर्ष,
(ङ) खण्ड (क), (ख), (ग) वा (घ) मा लेखिए बाहेक अन्य प्रयोजनको लागि लिइएको घरजग्गा भए उन्नाईस वर्ष,
(च) सवारी साधन भए पन्ध्र वर्ष,
(छ) सवारी साधन बाहेकका अन्य यान्त्रिक उपकरण भए पन्ध्र वर्ष,
(ज) खण्ड (च) वा (छ) मा लेखिए बाहेकका अन्य उपकरण भए पन्ध्र वर्ष,
(झ) घरपालुवा जनावर भए दश वर्ष,
(ञ) यस दफामा लेखिएदेखि बाहेकका अन्य वस्तु भए त्यस्तो वस्तुको आयु तथा प्रकृति हेरी दश वर्ष ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो उपदफामा उल्लेख भएको अवधि व्यतित हुनु अगावै त्यस्तो करारकोबहाल अवधिको अधीनमा रही पक्षहरूले लिज करारको बहाल अवधि विस्तार गर्न सक्ने छन् ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि करारका पक्षहरूले लिज करारमा लिए दिएको घर र जग्गा रहेको स्थान रवस्तुको प्रकृति विचार गरी लिज करारको अवधि विस्तार गर्ने वा नगर्ने निर्णय गर्न सक्नेछन् ।