दफा ६१०
लिज करार भएको मानिने

(१) कुनै व्यक्तिले आफ्नो हक र स्वामित्वमा रहेको कुनै वस्तु अर्को व्यक्तिलाई नियमित बहाल पाउने शर्तमा कुनैनिश्चित अवधिका लागि भोगचलन गर्न र त्यसबाट प्राप्त हुने लाभ प्रयोग गर्न दिने गरी करार भएकोमा लिज करार भएकोमानिनेछ।स्पष्टीकरण:यस परिच्छेदको प्रयोजनका लागि “वस्तु” भन्नाले नमासिकन उपभोग, भोगचलन वा प्रयोग गरी लाभ लिन सकिनेकुनै पनि सम्पत्ति सम्झनु पर्छ ।
(२) उपदफा (१) बमोजिम लिज करार भएकोमा त्यस्तो करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक लिजदाता (लेस्सर) ले लिजप्राप्तकर्ता (लेस्सी) लाई देहायको कुरा सुनिश्चित गराउनु पर्नेछ:-
(क) कुनै निश्चित वस्तु करार बमोजिम भोगचलनका लागि हस्तान्तरण गर्ने,
(ख) खण्ड (क) बमोजिम हस्तान्तरण गरेको वस्तु हस्तान्तरण गर्दाका बखत भोगचलन वा प्रयोग गर्न सकिने गरी चालुहालतमा राख्ने,
(ग) खण्ड (क) वा (ख) बमोजिम हस्तान्तरण भएको वस्तु शान्तिपूर्वक तथा निर्वाध रूपमा भोगचलन वा प्रयोग गर्नसकिने व्यवस्था गर्ने ।
(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि भोगचलन गर्दा नष्ट हुने वा उपभोग्य वस्तुलाई लिजमा दिन सकिनेछैन ।