दफा ४७४
लेनदेन भएको मानिने

(१) दुई वा दुईभन्दा बढी व्यक्तिहरूबीच कुनै शर्त राखी कुनै रकम वा वस्तु लिनु दिनु गरेमा निजहरूबीच लेनदेन भएको मानिनेछ ।
(२) उपदफा (१) बमोजिम लेनदेन भएकोमा रकम वा वस्तु लिनेले रकम वा वस्तु दिनेलाई त्यस्तो रकम वा वस्तु फिर्ता गर्नु पर्नेछ ।
स्पष्टीकरणः: यस परिच्छेदको प्रयोजनको लागि “रकम” भन्नाले वस्तुको मूल्य समेत सम्झनु पर्छ ।