दफा ६१४
वस्तु उपयोग योग्य नभएमा लिजदातालाई जानकारी गराउनु पर्ने

(१) लिजमा लिएको वस्तु वा त्यसको कुनै अंश कुनै किसिमले हानि, नोक्सानी वा क्षति भएमा, कुनै कारणले भोगचलन वाप्रयोगयोग्य नभएमा, त्यस्तो वस्तु वा त्यसको कुनै अंश उपर कुनै व्यक्तिले कुनै किसिमले दाबी वा खिचोला देखाएमावा भोगचलन गर्दा कसैबाट कुनै किसिमले बाधा अवरोध भएमा लिजप्राप्तकर्ताले त्यस सम्बन्धमा लिजदातालाई तुरुन्तजानकारी गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम जानकारी गराएकोमा लिजदाताले लिजमा लिएको वस्तुलाई त्यस्तो वस्तुको प्रकृति अनुसारपूर्वावस्थामा ल्याउन आवश्यक मर्मत, सम्भार, सुधार वा कानूनी उपचार जे जस्तो गर्नु पर्दछ त्यस्तो कार्य पन्ध्रदिनभित्र गरिसक्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको अवधिभित्र लिजमा लिएको वस्तुलाई पूर्वावस्थामा ल्याउन नसकिने भएमा जुन अनुपातमा त्यस्तोवस्तुको हानि, नोक्सानी वा क्षति भएको, भोगचलन वा प्रयोगयोग्य नभएको, दाबी वा खिचोला परेको वा बाधा अवरोध भएकोहो सोही अनुपातमा लिजबहाल रकम घटाउनु पर्नेछ ।