दफा ६३५
वस्तुको वास्तविक स्थितिको जानकारी दिनु पर्नेः

हायर पर्चेज करारसँग सम्बन्धित वस्तु प्रयोग गर्ने व्यक्तिले त्यस्तो वस्तु रहेको ठाउँ र त्यस्तो वस्तुबाट पाउने लाभ के कस्तो अवस्थामा रहेको छ त्यस सम्बन्धमा वस्तुको धनीले जानकारी मागेकोमा पन्ध्र दिनभित्र त्यस सम्बन्धी विवरण निजलाई दिनु पर्नेछ ।