दफा ४२५
वारेसले सम्पत्ति हक हस्तान्तरण गर्न सक्ने

(१) कसैले आफ्नो अचल सम्पत्ति बिक्री गरी हस्तान्तरण गर्नको लागि आफू सम्बन्धित कार्यालयमा उपस्थित हुन नसक्ने कारणजनाई कानून बमोजिम वारेस हुन सक्ने व्यक्तिलाई अधिकृत वारेस नियुक्त गरी पठाएमा त्यस्तो अधिकृत वारेसले निजकोतर्फबाट निजको सम्पत्ति कुनै व्यक्तिलाई बिक्री गरी हस्तान्तरण गर्न सक्नेछ ।
(२) कसैले आफ्नो चल सम्पत्ति वारेस वा प्रतिनिधि मार्फत बिक्री गर्न सक्नेछ ।