दफा ७१६
विदेशी अदालतबाट मुद्दा कारबाही गर्न स्वीकृति दिन सक्नेः

(१) नेपालको कुनै अदालतमा विदेशी पक्ष भई विचाराधीन रहेको मुद्दा त्यस्तो पक्ष रहे बसेको मुलुकको अदालतबाटसमाधानगर्न उपयुक्त र व्यावहारिक भएको कारण जनाई मुद्दाका दुवै पक्षले अदालतमा संयुक्त निवेदन दिएमा र त्यसरीदिएकोनिवेदन जाँचबुझ गर्दा मनासिब देखिएमा अदालतले त्यस्तो मुद्दाका पक्षहरूको माग बमोजिमको विदेशी अदालतबाटमुद्दाकोकारबाही गर्ने गरी स्वीकृति दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम अदालतले कुनै मुद्दाको सम्बन्धमा विदेशी अदालतबाट कारबाही गर्ने गरी स्वीकृति प्रदानगरिसकेपछिपुनः सोही विषयमा नेपालको अदालतबाट कारबाही गरिने छैन ।