दफा ६९४
विदेशी व्यक्ति वेपत्ता भएको वा निजको मृत्यु भएको अनुमानः

(१) कुनै विदेशी व्यक्ति वेपत्ता भएको वा निजको मृत्यु भएको कुरा अनुमान गर्नु पर्दा त्यस्तो व्यक्तिको नागरिकतारहेको मुलुकको कानून बमोजिम निर्धारण गरिनेछ ।
(२) उपदफा (१) बमोजिम विदेशी व्यक्तिको नागरिकता यकिन हुन नसकेमा निजको सामान्य बसोबास रहेको मुलुकको कानून रत्यस्तो बसोबास पनि यकिन हुन नसकेमा निज वेपत्ता हुनु वा निजको मृत्यु भएको अनुमान गर्नुभन्दा तत्काल अघिबसोबासगरेको मुलुकको कानून बमोजिम निर्धारण गरिनेछ ।