दफा ४३३
विदेशीलाई अंश वा अपुताली प्राप्त भएमा हस्तान्तरण गर्नु पर्ने

(१) कुनै विदेशीलाई नेपालभित्रको कुनै अचल सम्पत्ति अंश वा अपुताली प्राप्त भएमा नेपाल सरकारको स्वीकृति भएकोमाबाहेक सो सम्पत्ति निजको नाममा नामसारी, दर्ता हुन वा सो सम्पत्तिको आम्दानी निजले उपभोग गर्न पाउने छैन । तरगैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिको हकमा यो व्यवस्था लागू हुने छैन ।
(२) उपदफा (१) बमोजिम विदेशीलाई कुनै अंश वा अपुताली प्राप्त भएमा त्यस्तो विदेशीले त्यस्तो सम्पत्ति कुनै प्रकारलेनेपाली नागरिकलाई हस्तान्तरण गर्नु पर्नेछ र त्यस्तो प्रयोजनका लागि सम्बन्धित कार्यालयले हक हस्तान्तरण गर्नेदिनको लागि मान्य हुने गरी अस्थायी जग्गा धनी प्रमाण पूर्जा जारी गर्नेछ ।
(३) उपदफा (१) बमोजिम विदेशीको नाममा प्राप्त भएको अंश वा अपुतालीको सम्पत्तिमध्ये अंशको हकमा जहिलेसुकै पनि रअपुतालीको हकमा त्यस्तो प्राप्त भएको तीन वर्षभित्र उपदफा (२) बमोजिम नेपाली नागरिकलाई हस्तान्तरण नगरेमा सोम्याद नाघेपछि त्यस्तो सम्पत्ति उपर नेपाल सरकारको हक हुनेछ ।