दफा ३७२
विपद् परेको बखत छिमेकीको घर वा जग्गा प्रयोग गर्न सकिने

आगलागी, भूकम्प, ज्वालामुखी, बाढी जस्ता विपद्परेको बखत कसैको घर वा जग्गामा प्रवेश वा प्रयोग नगरी त्यस्तो विपद्बाट पीडित हुनेको उद्धार गर्न नसकिने भएमा सम्बन्धित घर वा जग्गाको स्वामित्ववाला भए त्यस्तो घर वा जग्गाको स्वामित्ववालाको अनुमति लिई र घर वा जग्गाको स्वामित्ववाला तत्काल उपलब्ध नभए वा निजले अनुमति नदिए निजको अनुमति बिना नै त्यस्तो घर वा जग्गामा प्रवेश गरी पीडितको उद्धार गर्न वा गराउन सकिनेछ ।

स्पष्टीकरणः: यस दफाको प्रयोजनको लागि “घर वा जग्गाको स्वामित्ववाला” भन्नाले सम्बन्धित घर वा जग्गा तत्काल उपयोग, भोग वा नियन्त्रण गरिरहेको व्यक्ति सम्झनु पर्छ ।