दफा २००
विवरण पठाउनु पर्ने

यस परिच्छेद बमोजिम धर्मपुत्र वा धर्मपुत्री राख्ने विदेशीले धर्मपुत्र वा धर्मपुत्रीको रूपमा ग्रहण गरिएको नाबालकलाईबालिग नभएसम्म सम्बन्धित मुलुकको कानून बमोजिम निजको पालनपोषण, स्वास्थ्य, शिक्षा तथा हेरचाहको सम्बन्धमा आफूद्वारागरिएको विस्तृत विवरण पहिलो दुई वर्षसम्म प्रत्येक छ महिनामा र त्यसपछि प्रत्येक वर्ष आफ्नो देशमा रहेको नेपालीराजदूतावास वा वाणिज्य दूतावास वा नेपाली नियोग र त्यस्तो दूतावास वा नियोग नभएमा त्यस्तो मुलुकसँग सम्बन्धितनेपालको राजदूतावास मार्फत नेपाल सरकार समक्ष पठाउनु पर्नेछ ।