दफा ७६
विवाह दर्ता गर्नु पर्ने

(१) पति तथा पत्नीले कानून बमोजिम तोकिएको अधिकारी समक्ष निवेदन दिई आफ्नो विवाहदर्ता गराउनु पर्नेछ । तर दफा ७४ को उपदफा (१) को अवस्थामा पति र पत्नी दुवैले वा कुनै एक जनाले विवाह दर्तागराउन निवेदन दिन सक्नेछ।
(२) नेपाल बाहिर बसोबास गरेका पति तथा पत्नीले आफू रहे बसेको मुलुकमा रहेको नेपालको राजदूताबास वा महावाणिज्यदूताबासमा विवाह दर्ताको लागि निवेदन दिन सक्ने छन्।
(३) उपदफा (१) वा (२) बमोजिम विवाह दर्ताको लागि निवेदन पर्न आएमा सम्बन्धित अधिकारीले निवेदन परेको पन्ध्र दिनभित्रआफ्नो कार्यालयमा रहेको विवाह सम्बन्धी अभिलेखमा विवाह दर्ता गरी प्रचलित कानून बमोजिमको ढाँचामा निवेदकलाईविवाह दर्ताको प्रमाणपत्र दिनु पर्नेछ।स्पष्टीकरण :यस परिच्छेदको प्रयोजनको लागि “सम्बन्धित अधिकारी” भन्नाले विवाह दर्ता गर्ने अधिकारी सम्झनुपर्छ।
(४) उपदफा (१) वा (२) बमोजिम परेको निवेदन अनुसार विवाह दर्ता गर्न नहुने भएमा सम्बन्धित अधिकारीले त्यसको कारणखुलाई निवेदन परेको सात दिनभित्र निवेदकलाई जानकारी गराउनु पर्नेछ ।
(५) उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम परेको निवेदन अनुसार विवाह दर्ता गराउने सम्बन्धमा कुनै एक पक्षउपस्थित नभएकोमा सम्बन्धित अधिकारीले निजलाई बुझी विवाह दर्ता गर्नु पर्नेछ।
(६) उपदफा (५) बमोजिम बुझ्दा अर्को पक्षले विवाह दर्ता गर्न असहमति जनाएमा सम्बन्धित अधिकारीले विवाह दर्ता नगरीअदालतबाट निर्णय भए बमोजिम हुने जानकारी निवेदकलाई दिनु पर्नेछ।
(७) यस दफा बमोजिमको विवाह दर्ता सम्बन्धी विवरणको अभिलेख सम्बन्धित अधिकारीले सुरक्षित राख्नु पर्नेछ।
(८) यो संहिता प्रारम्भ हुनु अघि विवाह भइसकेका र विवाह दर्ता नगरेका दम्पतिले चाहेमा यस दफा बमोजिम विवाह दर्ता गराउनसक्नेछन्।तर त्यसरी विवाह दर्ता नगराएको कारणले मात्र त्यस्तो दम्पतिको विवाहले कानूनी मान्यता नपाएको मानिनेछैन।