दफा ८०
विवाह दर्ता सम्बन्धी व्यवस्था

(१) दफा ७९ बमोजिम सहमतिपत्रमा सहीछाप गराई सकेपछि सम्बन्धित अधिकारीले त्यस्तो विवाह दर्ता किताबमा दर्ता गरी आफ्नोर विवाह गर्ने पक्ष तथा उपस्थित साक्षी समेतको सहीछाप गर्नु वा गराउनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम विवाह दर्ता गरिसकेपछि सम्बन्धित अधिकारीले विवाह दर्ताका पक्षहरूलाई प्रचलित कानूनले तोकिएको ढाँचामाविवाह दर्ताको प्रमाणपत्र दिनु पर्नेछ।
(३) उपदफा (२) बमोजिम विवाह दर्ताको प्रमाणपत्र पाएको दिनदेखि निवेदकहरू बीच विवाह भएको मानिनेछ ।