दफा ७०१
विवाहको परिणाम आफ्नो मुलुकको कानून बमोजिम हुनेः

(१) विवाह पश्चात् दम्पतिको वैवाहिक सम्बन्ध तथा विवाहको परिणाम निजहरूको नागरिकता एउटै मुलुकको भए त्यस्तोमुलुककोकानून बमोजिम, त्यस्तो मुलुक फरक फरक भएमा निजहरूले सामान्य रूपमा बसोबास गरेको मुलुकको र त्यस्तो मुलुक पनिफरकफरक भएमा निजहरू तत्काल बसोबास गरेको मुलुकको कानून बमोजिम निर्धारण हुनेछ ।
(२) उपदफा (१) बमोजिम विवाहको परिणाम निर्धारण हुन नसकेमा निजहरूले विवाह गरेको मुलुकको कानून बमोजिम निर्धारणहुनेछ।