दफा १२८
विशेष हेरचाह गर्नु पर्ने

(१) कुनै छोरा छोरी शारीरिक वा मानसिक रूपले अशक्त वा अपाङ्ग भएमा वा निजलाई मानव रोग प्रतिरोधात्मक क्षमता नष्ट गर्ने (एच.आई.भी.) वा हेपाटाइटिस बी जस्ता प्राणघातक रोग लागेमा आमा बाबुले त्यस्तो छोरा छोरी उपर विशेष निगरानी राखी निजलाई विशेष सहुलियत र संरक्षण प्रदान गर्नु पर्नेछ।स्पष्टीकरण: यस परिच्छेदको प्रयोजनको लागि “शारीरिक वा मानसिक रूपले अशक्त” भन्नाले शारीरिक वा मानसिक रूपले आफैँले दिनचर्या गर्न असमर्थ वा असक्षम रहेको व्यक्ति सम्झनु पर्छ।
(२) उपदफा (१) बमोजिमको छोरा छोरीलाई विशेष प्रकारले स्वास्थ्योपचार गराई भविष्यमा आर्थिक रूपमा स्वावलम्बी बनाउन आमा बाबुले आफ्नो आर्थिक हैसियत र क्षमता अनुसार विशेष प्रकारकोशिक्षा वा तालिमको व्यवस्था गर्नु पर्नेछ ।