दफा १९८
विशेष हेरचाहको आवश्यकता भएका नाबालकको लागि परिवारको छनौट सम्बन्धी विशेष व्यवस्था

(१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डले विशेष हेरचाहको आवश्यकता भएका नाबालकलाईधर्मपुत्र, धर्मपुत्री ग्रहण गर्न निवेदन दिने निवेदकलाई प्राथमिकता दिई परिवारको छनौट गर्न सक्नेछ।स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “विशेष हेरचाहको आवश्यकता भएका नाबालक”भन्नाले अनाथ नाबालक वा स्वेच्छाले त्यागेका नाबालकमध्ये शारीरिक वा मानसिक वा अस्वभाविक वा असामान्य विकास वाबढी उमेरका कारण विशेष हेरचाहको आवश्यकता भएको नाबालक सम्झनु पर्छ।
(२) कुनै नाबालक विशेष हेरचाहको आवश्यकता भएको नाबालक हो वा होइन भन्ने विषयको निर्धारण बोर्डले गर्नेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम परिवार र विशेष हेरचाहको आवश्यकता भएका नाबालक छनौटगर्दा पहिलो प्राथमिकता क्रममा रहेको परिवारले माग गरे अनुसार बालबालिकाको उमेर, लिङ्ग र स्वास्थ्य सम्बन्धीकुनै विवरण मेल नखाएमा त्यस्तो परिवारले माग गरेको विवरणसँग मेल खाने विशेष हेरचाहको आवश्यकता भएका नाबालकक्रमशः छनौट गर्न सकिनेछ ।
(४) विशेष हेरचाहको आवश्यकता भएका नाबालकका लागि परिवारको छनौट सम्बन्धी अन्य प्रक्रिया र त्यस्तो नाबालकको वर्गीकरणनेपाल सरकारले तोके बमोजिम हुनेछ।