दफा ६५३
शोधभर्ना दाबी गर्न सक्नेः

(१) कुनै व्यक्तिलाई कुनै दायित्व पूरा गर्न कानूनले बाध्य नबनाएको भए तापनि निजले आफ्नै खर्चमा त्यस्तो दायित्व पूरा गरेको कारणबाट वा अन्य कुनै कारणबाट अर्को व्यक्तिलाई कुनै कुरा वा लाभ प्राप्त भएमा त्यसरी कुनै कुरा वा लाभ प्राप्त गर्ने व्यक्तिबाट त्यस वापत लागेको रकम दायित्व पूरा गर्ने व्यक्तिले शोधभर्ना दाबी गर्न पाउनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले गैर कानूनी उद्देश्यले कुनै दायित्व पूरा गरेको रहेछ भने त्यस वापत शोधभर्ना दाबी गर्न पाइने छैन ।