दफा २८२
सँघियारको जग्गासँग जोडी सेफ्टी ट्याङ्की बनाउन नहुने

(१) कसैले पनि सँधियारको जग्गासँग जोडी सेफ्टी ट्याङ्की बनाउन पाउने छैन ।
(२) कसैले आफ्नो जग्गामा सेफ्टी ट्याङ्की बनाउनु परेमा सँधियारको जग्गा तर्फ सँधियारको स्वीकृति भएकोमा बाहेक कम्तीमा सम्बन्धित निकायले तोकेको मापदण्ड बमोजिमको जग्गा छोड्नु पर्नेछ ।