दफा ७०४
संरक्षक वा माथवरको निर्धारणः

(१) असक्षम वा अर्धसक्षम व्यक्तिको संरक्षक वा माथवरको निर्धारण त्यस्तोे व्यक्तिको नागरिकता रहेको मुलुककोकानूनबमोजिम निर्धारण हुनेछ ।
(२) उपदफा (१) बमोजिमको मुलुक यकिन हुन नसकेमा निजको सामान्य बसोबास रहेको मुलुकको कानून बमोजिम र त्यस्तो मुलुकपनियकिन हुन नसकेमा निजको तत्काल बसोबास रहेको मुलुकको कानून बमोजिम निर्धारण हुनेछ ।
(३) संरक्षक वा माथवर र संरक्षकत्व वा माथवरीमा रहेको व्यक्तिको सम्बन्ध संरक्षक वा माथवर भएको वा नियुक्त भएकोमुलुकको कानून बमोजिम निर्धारण हुनेछ ।तर संरक्षकत्व वा माथवरी अन्तर्गत रहेको व्यक्तिको सामान्यबसोबासनेपालमा भएमा नेपाल कानून बमोजिम निर्धारण हुनेछ ।