दफा १३८
संस्था संरक्षक भएको मानिने

(१) बालबालिकाको कल्याण गर्ने तथा हक हित संरक्षण गर्ने उद्देश्यले कानून बमोजिम दर्ता भएका बाल कल्याण गृह,अनाथालय, बाल गृह वा बालमन्दिर जस्ता संस्थामा रहेका बालबालिकाको अन्य संरक्षक नभएमा त्यस्तो संस्था नै संरक्षकभएको मानिनेछ ।
(२) उपदफा (१) बमोजिमका संस्थामा रहेका नाबालकको तर्फबाट कुनै काम कारबाही गर्नु पर्दा त्यस्तो संस्थाको प्रमुखबाटगरिनेछ ।स्पष्टीकरण: यस परिच्छेद र भाग ३ को परिच्छेद–७ को प्रयोजनको लागि “प्रमुख”भन्नाले त्यस्तो संस्थाको प्रमुख कार्यकारी अधिकृत वा त्यस्तो हैसियतमा काम गर्ने अध्यक्ष, महाप्रबन्धक, प्रबन्धनिर्देशक वा अन्य कुनै अधिकृत सम्झनु पर्छ।