दफा ३२७
सङ्गठित संस्था गुठी सञ्चालक हुन सक्ने

(१) कानून बमोजिम स्थापना भएको सङ्गठित संस्था गुठी सञ्चालकको रूपमा नियुक्त हुन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको संस्था गुठी सञ्चालकमा नियुक्त भएमा त्यस्तो संस्थाको मुख्य भई काम गर्ने व्यक्ति वा त्यस्तोसंस्थाको सञ्चालक समितिले निर्णय गरी अधिकार प्रत्यायोजन गरिएको व्यक्तिले त्यस्तो संस्थाको तर्फबाट काम गर्नुपर्नेछ ।स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “मुख्य भई काम गर्ने व्यक्ति”भन्नालेत्यस्तो संस्थाको अध्यक्ष, सञ्चालक, प्रबन्ध सञ्चालक, महाप्रबन्धक, कार्यकारी निर्देशक वा संस्थाकोप्रमुख भई काम गर्न त्यस्तो संस्थाबाट अधिकार पाएको व्यक्ति सम्झनु पर्छ ।